एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि, विधान संशोधनमाथि छलफल हुने

नेपालभ्युज

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि, विधान संशोधनमाथि छलफल हुने

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल भईरहेको छ ।

पार्टी उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख वेदुराम भुसालको संयोजकत्वमा कार्यदलले बनाएको विधान संशोधन प्रस्ताव छलफलका लागि प्रस्ताव गरेको थियो । महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यदलले पेस गरेको उक्त प्रस्तावमाथि आज पनि छलफल हुन लागेको हो ।

‘‘सचिवालयको बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम आज पनि जारी रहने छ’, पार्टी प्रवक्त जगन्नाथ खतिवडाले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved