एनएसएलमा धनगढी र काठमाडौंले अंक बाँढे

नेपालभ्युज

एनएसएलमा धनगढी र काठमाडौंले अंक बाँढे

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले अंक बाँडेका छन् ।

जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन । दुवैले १-१ को बराबरी खेलेपछि अंक बाँडेका हुन‍् ।

धनगढीका लागि अहमद हिजाजीले गोल गर्दै १५ औं मिनेटमा नै अग्रता दिलाएका थिए । तर ६५औं मिनेटमा काठमाडौंले बराबरी गोल फर्कायो ।

धनगढीका रोहन कार्कीले कोमिवनलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको थियो । उक्त अवसरलाई कोमिवनले बायाँ भागबाट हानेको फ्रिकिकमा किनगुए ओलिभरले बक्सभित्रबाट जम्प गर्दै हेडमार्फत गोल गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved