पूर्वबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम क्षेत्रको भ्रमणमा जाँदै

नेपालभ्युज

पूर्वबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम क्षेत्रको भ्रमणमा जाँदै

काठमाडौं । केही साताअघि पूर्व भ्रमणमा गएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम क्षेत्रको भ्रमणमा निस्कने भएका छन् । उनी अर्को साता भैरहवा जाने उनको संवाद सचिवालयले जनाएको छ ।

पश्चिम क्षेत्र र मध्य क्षेत्रको केही केही जिल्लाहरू भ्रमण गर्ने संवाद सचिव फणीराज पाठकले जनाएका छन् । तर, कुनकुन जिल्ला भन्ने खुलाइएको छैन ।

विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने र राजनैतिक व्यक्तित्व तथा सर्वसाधारणसँग भेटघाट गर्ने उद्देश्यसहित पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय भ्रमणमा सक्रिय छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved