भोजपुरमा ओलीलाई खुकुरी उपहार

‘सरकारसँग कांग्रेस नै आजित भइसक्यो, ८४ सम्म कुर्न गाह्रो छ’

यात्राअन्तर्गत भोजपुरको तिवारीभञ्ज्याङमा आयोजित जनभेटघाट कार्यक्रममा पौवादुङ्वा गाउँपालिकाका अध्यक्ष किरण राईले अध्यक्ष ओलीलाई खुकुरी उपहार दिएका हुन् ।

नेपालभ्युज

भोजपुरमा ओलीलाई खुकुरी उपहार

काठमाडौं । झुलाघाट–चिवाभन्ज्याङ यात्राका क्रममा भोजपुर पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुकुरी उपहार पाएका छन् ।

यात्राअन्तर्गत भोजपुरको तिवारीभञ्ज्याङमा आयोजित जनभेटघाट कार्यक्रममा पौवादुङ्वा गाउँपालिकाका अध्यक्ष किरण राईले अध्यक्ष ओलीलाई खुकुरी उपहार दिएका हुन् ।

भोजपुर खुकुरीका लागि प्रसिद्ध भएकाले गाउँपालिकाको तर्फबाट एमाले अध्यक्ष ओलीलाई खुकुरी उपहार दिइएको हो ।

उक्त जनभेटघाट कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिएसँगै देशमा बर्बादीको सुरुवात भएको बताएका छन् ।

देशी विदेशी शक्तिले षड्यन्त्रपूर्वक एमालेको सरकार ढालेको दाबी गर्दै उनले फेरि पनि देशलाई अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

उनले अहिलेको सरकारसँग सत्तासाझेदार दल नेपाली कांग्रेस नै आजित भइसकेको बताएका छन् । उनका अनुसार कांग्रेसका नेताहरुले नै २०८४ सालसम्म कुर्न नसकिने बताइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved