कांग्रेस उपसभापति गुरुङ भन्छन्- राष्ट्रियसभामा नयाँलाई अवसर दिनुपर्छ

नेपालभ्युज

कांग्रेस उपसभापति गुरुङ भन्छन्- राष्ट्रियसभामा नयाँलाई अवसर दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रियसभामा नयाँलाई अवसर दिनुपर्ने बताएका छन् ।

संस्थापनइतर पक्षको बैठकमा सहभागी भएका कानूनमन्त्रीसमेत रहेका गुरुङले भने— राष्ट्रियसभा निर्वाचनमा नयाँलाई पनि अवसर दिनुपर्छ ।

उनले थपे, “राष्ट्रियसभा निर्वाचनमा पटक-पटक अवसर पाएकाले नभई कहिल्‍यै अवसर नपाएकाले नेतृत्व गर्न पाउनुपर्छ ।”

उनले इतर पक्षको बैठक पार्टीमा सही एजेन्डा लानका लागि भएको जिकिरसमेत गरे । यो या त्यो नभई सही एजेन्डाका लागि आफूहरूको बैठक भएको उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved