राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा

नेपालभ्युज

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालेको केन्द्रीय कार्यसमितिको बैठक पुस १ गतेलाई बोलाएको छ । बैठक केन्द्रीय कार्यालयमा १ गतेदेखि ३ गतेसम्म चल्ने छ । बैठकले पार्टीको नयाँ नियमावलीलाई पारित गर्ने एजेण्डा तय गरिएको छ ।

नियमावलीको मस्यौदामा छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए । पार्टीको एकता महाधिवेशनका क्रममा नयाँ नियमावली निर्माण गर्ने समझदारी भएको थियो ।

त्यस्तै, राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट दिइने उमेदवारी र अन्य दलसँग समन्वय गर्ने विषयमा पनि छलफल गर्ने राप्रपाले जनाएको छ । त्यस्तै इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनको विषय पनि एजेण्डामा राखिएको श्रेष्ठले बताए ।

पार्टीले उठाउँदै आएको समान विचार राख्ने राजनीतिक दलहरू, संघसंस्थासँग समन्वयका निम्ति भएका कार्ययोजना तथा प्रगति विवरणका बारेमा पनि छलफल गर्ने एमालेको तयारी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved