सार्वजनिक सवारीबारे सांसद शेर्पाको चासो, भने- सुरक्षाको नाममा हैरानी दिन पाइँदैन

'प्रदेश नामाकरणविरुद्ध उठेको आवाजलाई सम्बोधन गरौँ'

नेपालभ्युज

सार्वजनिक सवारीबारे सांसद शेर्पाको चासो, भने- सुरक्षाको नाममा हैरानी दिन पाइँदैन

विराटनगर । कोशी प्रदेश सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ ले सुरक्षाको नाममा हैरानी दिन नपाइने बताएका छन् । प्रदेशसभा बैठकको शून्य समयमा भाग लिँदै सांसद शेर्पाले यस्तो बताएका हुन् ।

सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङलगायतका जिल्लाबाट विराटनगर, काठमाडौंलगायतका ठाउँ आउजाउ गर्ने सार्वजनिक सवारीलाई ईन्ट्री र चेकिङको नाममा बढी हैरानी दिने गरिएको उल्लेख गर्दै उनले भने— सुरक्षाको नाममा दर्जनौं ठाउँमा रोकेर सवारी चालक र यात्रुहरूलाई हैरानी दिन पाइँदैन । निश्चित ठाउँमा मात्रै चेकिङ वा ईन्ट्री गर्ने व्यवस्था गराउनुपर्‍यो । म प्रदेश सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।

यस्तै उनले प्रदेश नामाकरणविरुद्ध उठिरहेको आवाजहरूलाई यथाशक्य सम्बोधन गर्न सरकारलाई सुझाव दिए । मन्त्रीस्तरीय वार्ता टोली गठन गरेर यथाशक्य आन्दोलनरत पक्षसँग वार्ता गर्ने बताए । “हाम्रो प्रदेश नामाकरणविरुद्ध आन्दोलनरत पक्षसँग मन्त्रीस्तरीय टोली गठन गरेर वार्ता गर्न किन ढिलाइ ?,” सांसद शेर्पाले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved