बाला चतुर्दशीको अवसरमा चार पालिकामा स्थानीय बिदा

नेपालभ्युज

बाला चतुर्दशीको अवसरमा चार पालिकामा स्थानीय बिदा

काठमाडौं ।  बाला चतुर्दशीको अवसरमा  झापाका चार पालिकामा सोमबार स्थानीय बिदा हुने भएको छ ।  झापाका अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले आइतबार सूचना जारी गर्दै  सोमबार बिदा दिएका हुन्।

नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने सूचनामा जनाइएको छ।

बाला चतुर्दशीको अवसरमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, विराट पोखरी, बाह्रदशी साधुकुटी गौरीशङ्कर शिवालय, मेचीनगरको कृष्ण थुम्कीलगायतका धार्मिक स्थलमा सत्बीज छरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved