नुवाकोटबाट ओलीको प्रश्न–पोखरा विमानस्थलबाट जहाज उडान गर्न सरकारलाई कसले रोक्यो ?

नेपालभ्युज

नुवाकोटबाट ओलीको प्रश्न–पोखरा विमानस्थलबाट जहाज उडान गर्न सरकारलाई कसले रोक्यो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सर्वभौम सत्ताको सम्मान गर्न नसकेको टिप्पणी गरका छन् । उनले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाए ।

आईतबार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले पोखरा विमानस्थलबाट जहाज उडान गर्न सरकारलाई कसले रोक्यो ? भन्दै प्रश्न गरे । उनले पोखरा मात्रै नभएर भैरहवा विमानस्थलमा समेत वर्तमान सरकारले जहाज उडाउन नसकेको बताए । उनले चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको बताए ।

‘सार्वभौम सत्ताको आफैले सम्मान गर्न सकेनौं अरु कसले गरिदिने ?’ उनले भने, ‘हाम्रो स्वाधिनता र स्वतन्त्रताको आफैँले सम्मान गर्न सकेनौं र त्यसमा आफैँ उभिन चाहेनौं भने कसले उभिने ?’

अध्यक्ष ओलीले नेपाल विकासको फड्को मार्न चाहेकाले जसले सस्तोमा बनाइ दिन्छ उसैलाई बनाउन दिनुपर्ने बताए । उनले जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रो सामान किन्छ उसैलाई सामान बेच्नुपर्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved