एनसेल ओपन गल्फ प्रतियोगिता : बाबु शेर्पाले जिते उपाधि

नेपालभ्युज

एनसेल ओपन गल्फ प्रतियोगिता : बाबु शेर्पाले जिते उपाधि

काठमाडौं । एनसेल ओपन गल्फ प्रतियोगितामा बाबु शेर्पा मुख्य उपाधि जित्न सफल भएका छन् । शनिबार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भएका हुन् ।

यस प्रतियोगिताको पुरस्कार स्वरूप शेर्पाले ट्रोफि र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भएका छन् । ४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदीप केसी र स्वदेश गुरुङबिच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनर अफ भए ।

केसीले पुरस्कार स्वरूप ट्रोफि र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् । ३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शदभाव आचार्यले जित्न सफल भए । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए । उनले ट्रोफिसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि पुरस्कार स्वरूप प्राप्त गरे ।

त्यस्तै, ३८ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छिन् र उनले ट्रोफिसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेकी छिन् भने गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा रनर अप भइन् ।

३७ प्वाइन्टको साथ रविन्द« पुरुष ढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दा माथि) विजयी भएका छन् । त्यस्तै, ८ इन्च टू द पीनका साथ क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए ।

एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिबार सम्पन्न भएको हो । यस प्रतियोगितामा १४३ प्रतियोगीहरूले सहभागिता जनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved