नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम २ अर्ब ७९ करोड 

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम २ अर्ब ७९ करोड 
प्रतीकात्मक तस्वीर

काठमाडौं । आज नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । बिहीबार ११ दशमलव ७३ अंकले घटेको नेप्से परिसूचक १८५२ दशमलव ७७ अंकमा पुगेको छ ।

आज २९९ कम्पनीका ५३ हजार १ सय ४६ पटकको कारोबारमा ९५ लाख ५ हजार ६ सय ८ सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४ सय ३३ रहेको छ । आज नेप्सेको कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो ।

हिजो २९३ कम्पनीको ३४ हजार ९ सय ९१ पटकको कारोबारमा १ अर्ब १४ करोड १८ लाख १२ हजार ३ सय ८२ कारोबार रकम रहेको थियो । जसअनुसार बुधबारको तुलनामा बिहीबार नेप्सेको कारोबार रकम १ अर्ब ६५ करोड ७३ लाख ३४ हजारले बढी हो ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५८ अंकले बढेर ३५२ दशमलव २८ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved