अर्थ समितिमा गभर्नरको ब्रिफिङ : देशको अर्थस्थिति सुधारोन्मुख, व्यापार घाटा घट्दो

बुधबार बसेको अर्थ समिति बैठकमा गनर्भर अधिकारीले देशको आर्थिक स्थितिबारे जानकारी दिएका हुन् ।

नेपालभ्युज

अर्थ समितिमा गभर्नरको ब्रिफिङ : देशको अर्थस्थिति सुधारोन्मुख, व्यापार घाटा घट्दो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको पछिल्लो अर्थस्थितिबारे जानकारी दिएका छन् । बुधबार बसेको अर्थ समिति बैठकमा गनर्भर अधिकारीले देशको आर्थिक स्थितिबारे जानकारी दिएका हुन् ।

उनका अनुसार आर्थिक वर्ष २०७९–०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको छ । जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम हो ।

लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको छ । व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको छ भने २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेको छ ।

गत वर्षको तुलनामा शोधान्तर बचत २०८० असोजसम्म ९९ अर्ब रुपैयाँ कायम भएको छ । २०७९ असोजसम्म ८ करोड रुपैयाँ जति विदेशी लगानी आएकोमा चालू आर्थिक वर्षको असोजसम्म ३ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भएको देखाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved