एमालेको पदयात्रा टोली लुम्बिनी प्रवेश, आज गुल्मीमा जनसभा

नेपालभ्युज

एमालेको पदयात्रा टोली लुम्बिनी प्रवेश, आज गुल्मीमा जनसभा

काठामाडौं । समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत महाकाली मेची टुरमा निस्किएको नेकपा एमालेको शीर्ष टोली लुम्बिनी आइपुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेललगायतका नेताले कैचीमोडमा स्वागत गरेका छन् । टोली दिउँसो गुल्मी आइपुग्ने छ ।

एमालेले ३ बजे गुल्मीको वामीटक्सारमा जनसभा तय गरेको छ । रुकुमपूर्वको रुकुमकोटस्थित एक होटलमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया गर्ने, पिपलबोटमा कोणसभा गर्ने कार्यक्रम राखिएको एमाले रुकुमपूर्वले जनाएको छ ।

मंसिर १४ देखि सुरू १९ दिनको पदयात्रा सुदूरपश्चिम र कर्णालीमा सकिएर लुम्बिनी आईपुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved