मानवजीवनका लागि जलवायु परिवर्तन मुख्य चुनौती : राष्ट्रपति

नेपालभ्युज

मानवजीवनका लागि जलवायु परिवर्तन मुख्य चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताएका छन् ।

मंगलबार ललितपुरमा इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव समारोहमा नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको भन्दै उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानि पुगेकोसमेत बताए ।

नेपाल जस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन् सरह योगदान गरेपनि जलवायु परिवर्तनको प्रभाव अत्याधिक रहेको उनको भनाइ छ । उनले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीनकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तन प्रभावको मारमा परेका मुलुकहरु रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved