शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारततर्फ निर्यात

नेपालभ्युज

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारततर्फ निर्यात

काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारत तर्फ निर्यात सुरुवात गरेको छ ।

उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत मंसिर १६ गते देखि क्लिङ्कर औपचारिक कार्यक्रम माझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रूपमा रिबन काटी निर्यातको सुरुवात गरिएको छ ।

उदयपुरको चुनढुङ्गाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरीय चुनढुङ्गा सम्मिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको छ ।

उद्योगले माघ २०७८ बाट व्यावसायिक उत्पादन सुरुवात गरेको यस उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ । व्यावसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपीसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved