ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना, चालकको मृत्यु

नेपालभ्युज

ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना, चालकको मृत्यु
सांकेतिक तस्वीर।

ताप्लेजुङ। ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए ।

उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुकतर्फ जाने क्रममा प्र १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved