एनएसएलमा काठमाडौं र झापा भिड्दै

झापा अंक बटुल्ने दाउमा

नेपालभ्युज

एनएसएलमा काठमाडौं र झापा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेञ्जर्स र झापा एफसीबीचको खेल हुदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा काठमाडौंले आज तेस्रो खेल खेल्दा झापा दोस्रो खेलका लागि मैदान उत्रिनेछ ।

काठमाडौंले यसअघि पहिलो खेलमा इलामलाई पराजित गरेको थियो भने चितवनसँग बराबरी खेलेको थियो । काठमाडौंको चार अंक छ ।

झापा आफ्नो पहिलो खेलमा इलामसँग पराजित भएको थियो । झापाले अंक जोड्न सकेको छैन ।

प्रतियोगितामा ९ वटा टिमको सहभागिता छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved