पाकिस्तानले टस जित्यो‚ भारतको पहिलो ब्याटिङ

नेपालभ्युज

पाकिस्तानले टस जित्यो‚ भारतको पहिलो ब्याटिङ

काठमाडौं ।  वर्षाका कारण टी–२० विश्वकप क्रिकेटअन्तर्गत   भारत र पाकिस्तानको खेल ढिला गरि शुरु भएको छ।

आइतबार नेपाली समयअनुसार राति सवा ८ बजे खेल हुने तय भए पनि वर्षाका कारण मैदान हिलो भएर  निर्धारित समयभन्दा ढिलो खेल सुरु भएको हो  ।

न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले  टस जितेरे  पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि भारतले  ब्याटिङ गर्ने भएको हो ।

पहिलो खेलमा  अमेरिकासँग पराजित भएको पाकिस्तान  सुपर ८ को सम्भावना जीवितै राख्न  आजको खेल जित्नैपर्ने दबाबमा छ  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved