मोदीको मन्त्रिमण्डल ७२ सदस्यीय, संख्या बढे सँगै चुनौती पनि उत्तिकै

नेपालभ्युज

मोदीको मन्त्रिमण्डल ७२ सदस्यीय, संख्या बढे सँगै चुनौती पनि उत्तिकै

काठमाडौं । लगातार तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका  नरेन्द्र मोदीले ७२ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।

पहिलो पटक गठबन्धन सरकारको अभ्यास गर्न लागेका मोदीको सरकारमा एनडीए गठबन्धनमा आवद्ध विभिन्न दल सहभागी छन् ।

भारतीय जनता पार्टी भाजपाले एक्लै बहुमत ल्याउन नसकेपछि मोदीले तेलुगू देशम पार्टी, जनता दल युनाइटेड, शिवसेना शिंदे गुट, लोक जनशक्ति पार्टी, जनता दल सेक्यूलर, राष्ट्रिय लोक दल, हिन्दुस्तानी अवामी मोर्चा, द रिपब्लिकन पार्टी अफ इण्डियालाई समेत समेट्नु पर्ने भएकाले उनको क्याबिनेट जम्बो बनेको छ ।

मन्त्रीपरिषद्मा केही चर्चित अनुहार छुटेका छन् भने गठबन्धनको वाध्यताका कारण कतिपय विवादित नेता समेत मन्त्री बनेका छन् ।

एनडीए गठबन्धनको सरकारमा मोदीबाहेक ३० नेताले क्याबिनेट मन्त्री र ४१ जनाले राज्यमन्त्रीको शपथ खाएका छन्। यसरी मोदी मन्त्रिपरिषद् ७२ सदस्यीय बनेको छ।

यो संख्या अघिल्लो कार्यकालको भन्दै २५ प्रतिशतले बढी हो ।

मन्त्रीको संख्या बढेसँगै सरकार सञ्चालनमा प्रधानमन्त्री मोदीका चुनौती पनि बढेको विश्लेषण गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved