एमाले सहभागी हुने भएपछि सुदूरपश्चिम सरकार विस्तारको तयारी, माओवादी अझै अनिर्णित

नेपालभ्युज

एमाले सहभागी हुने भएपछि सुदूरपश्चिम सरकार विस्तारको तयारी, माओवादी अझै अनिर्णित

काठमाडौं । लामो अन्योल चिर्दै सुदूरपश्चिम प्रदेश सरकार आज बिस्तार हुने भएको छ ।

एमाले सरकारमा सहभागी हुने भएसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार बिस्तारको तयारी गरेका हुन् ।

आज एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने सोडारीको तयारी छ । एमालेले सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्कीलाई सरकारमा पठाउने बताएको छ ।

एमालेले मन्त्रीको टुङ्गो लगाए पनि माओवादीले भने आकांक्षी बढी भएपछि अझै मन्त्रीको नाममा निर्णय गर्न सकेको छैन ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved