एकीकृत समाजवादीको सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेण्डा

नेपालभ्युज

एकीकृत समाजवादीको सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा आज बस्ने बैठकले पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्नेसहितका एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय भए पनि राष्ट्रियसभा निर्वाचनका कारण नयाँ मिति टुंगो लगाउनुपर्ने उनको भनाई छ । त्यस्तै बैठकले अन्तरपार्टी निर्देशनमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयन गर्ने तयारी छ ।

बैठकले पार्टीको आन्तरिक सुदृढीकरण र रणनीतिलगायतमा छलफल गर्ने बताइएको छ ।

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved