एनसेल बिक्रीमा इतिहासकै ठूलो भ्रष्टाचार भएको छ : सांसद सिंह

नेपालभ्युज

एनसेल बिक्रीमा इतिहासकै ठूलो भ्रष्टाचार भएको छ : सांसद सिंह

काठमाडौं । सांसद डा.अमरेश कुमार सिंहले एनसेल बिक्रीमा इतिहासकै ठुलो भ्रष्टाचार भएको बताएका छन् । आइतबार रिपोर्टर्स क्लबमा बोल्दै सांसद सिंहले एनसेल बिक्रीमा सरकारी निकायका उच्च पदस्थ व्यक्तिहरूकै मिलेमतोसहित भ्रष्टाचार भएको बताएका हुन् ।

एक वर्ष अगाडी पनि आफूले सो कुरा खुलाएको भन्दै उनले पूर्व प्रधानमन्त्रीको छोराले एनसेलको लागि १२ करोड रकम बुझेको प्रमाण आफूसँग भएको खुलाए ।

‘एक वर्ष पहिला पनि मैले यो कुरा भनेको थिए, पूर्व प्रधानमन्त्रीको छोराले १२ करोड रकम बुझेको थियो यही एनसेलको लागि’, उनले भने ‘किनकि अबको पाँच वर्षपछि एनसेलको कुल सम्पत्ति सबै नेपाल सरकारको हुने भएकाले त्यसलाई रोक्न अहिलेको भ्रष्ट सरकारको मिलेमतोमा नै यो सब भइरहेको हो, यसलाई म प्रमाणसहित पुष्टि गर्न सक्छु ।’

एनसेलबाट आजियाटा अलग्गिनुमा पनि नेपालको राजनीतिक हस्तक्षेप र दबाब नै रहेको उनको भनाई छ । एनसेलले नेपाल मेगा इन्भेस्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिब ४० अर्ब ऋण लिएको खुलाउँदै उनी भन्छन्, ‘४० अर्बको ऋणमा रहेको एनसेल कसरी ६ अर्बमा बिक्री हुन सक्छ, यो पत्याउने कुरा हो ?’

एनसेलको कर छलीमा विभिन्न राजनीतिक दलका नेताहरूले करोडौँ रकम बुझेको प्रमाण आफूसँग रहेको उनको भनाई छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved