कोशीमा बजेट प्रतिस्थापन विधेयक पारित

एमालेले फिर्ता लियो खर्च कटौतीको प्रस्ताव

नेपालभ्युज

कोशीमा बजेट प्रतिस्थापन विधेयक पारित

काठमाडौं । एमाले र राप्रपाले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि कोशी प्रदेशसभाबाट बजेट प्रतिस्थापन विधेयक पारित भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले सदनमा जवाफ दिएपछि एमाले र राप्रपाका प्रदेशसभा सदस्यले संसद् सचिवालयमा दर्ता गराएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए ।

एमाले र राप्रपाका ८ जना प्रदेशसभा सदस्यले उक्त प्रस्ताव दर्ता गराएका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मनलाग्दी योजनाहरु काँटछाँट गरेको भन्दै प्रदेशसभा आलोचना भएको थियो ।

मुख्यमन्त्री कार्कीले गल्ती सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेपछि एमाले र राप्रपाले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved