नेपाल–दुबई व्यवसायिक सम्मेलन मंसिर १४ मा हुँदै

नेपालभ्युज

नेपाल–दुबई व्यवसायिक सम्मेलन मंसिर १४ मा हुँदै

काठमाडौं । नेपाल–दुबई व्यवसायिक सम्मेलन यही मंसिर १४ गते बिहीबार संयुक्त अरब इमिरेट्स(यूएई)को दुबईमा आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्स को आयोजनामा हुने व्यवसायिक सम्मेलनमा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड रहनेछन् ।

व्यवसायिक सम्मेलन यूूएईस्थित नेपाली राजदूतावासको सहयोग एवं सहकार्यमा हुन लागेको हो । सम्मेलनमा दुवै देशका करिब १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने छ ।

सो सम्मेलनमा दुुवै देशबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ ।

व्यवसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरुमा निर्यात प्रवद्र्धनमा सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यक्त गरे । सम्मेलनबाट उर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको छ ।

महासंघले सम्माननीय प्रधानमन्त्रीज्यूको समुुपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यवसायिक सम्मेलनको आयोजना गरिसकेको छ ।

तत्पश्चात महासंघका अध्यक्ष श्री ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अवुधावीमा आयोजना हुने जलवायु सम्बन्धी विश्व सम्मेलन कोप २८ मा भाग लिने कार्यक्रम समेत रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved