कोशी प्रदेश सभाको बैठक बस्दै

नेपालभ्युज

कोशी प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुने कार्यसूची छ ।

यस्तै बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० प्रतिस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved