निमोनिया भए/नभएको पत्ता लगाउने तरिका

नेपालभ्युज

निमोनिया भए/नभएको पत्ता लगाउने तरिका

एजेन्सी । बढ्दो प्रदुषण तथा अस्तव्यस्त जीवनशैली साथमा बढ्दै गरेको चिसोको कारणले निमोनियाको खतरा पनि बढ्छ ।

निमोनियाका लक्षण, यसबाट बच्ने तरिका तथा डाक्टरसँग  कतिबेला जाँच गर्ने भन्ने बारे जान्न जरुरी हुन्छ ।

सजिलो भाषामा थाहा पाउँदा निमोनिया भनेको फोक्सोसँग जोडिएको संक्रमण हो । निमोनिया भएपछि बिरामीलाई स्वास लिन समस्या हुन थाल्छ । साथमा यसले शरीरको इम्यून सिस्टमलाई पनि कमजोर बनाउँछ ।

निमोनिया हुँदा ज्वरो आउनु, स्वासको समस्या, छटपटी, भोक नलाग्नु जस्ता लक्षण देखिन्छन् । यस्तोमा निमोनिया पत्ता लगाउनका लागि रगतको सीबीसी जाँच गराउनु पर्दछ । यो जाँचमा आरबीसी १२ हजारभन्दा धेरै छ भने तपाईंलाई निमोनिया भएको हुन सक्छ ।

निमोनियाको संक्रमण भएको छ कि छैन पत्ता लगाउनका लागि तपाईंले छातीको एक्सरे गर्नुपर्ने हुन्छ । एक्सरेमा सेतो दाग धब्बा देखिएका छन् भने डाक्टरले तपाईंलाई निमोनिया भइसकेको बताउनेछन् ।

निमोनियाबाट बच्न यदी धुम्रपान गर्नुहुन्छ भने त्यसलाई छोड्नुपर्ने हुन्छ । साथमा एक हप्तासम्म लगातार खोकी लागिराखेको अवस्थामा डाक्टरसँग अवश्य सल्लाह लिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved