वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छः उपराष्ट्रपति यादव

नेपालभ्युज

वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छः उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस र २९ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय नेपालमा गैंडा र बाघको तस्करी बढिरहेकोप्रति दुःख व्यक्त गरे । उनले वन क्षेत्रका प्रमुख चुनौती दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताए । पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको उनको भनाइ छ ।

उनले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेको सुनाए । उनले चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएको बताए ।

उपराष्ट्रपति यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने भनाइ राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved