‘जवान’ पछि ‘डंकी’ मा धेरै रुपमा देखिँदै शाहरुख खान

नेपालभ्युज

‘जवान’ पछि ‘डंकी’ मा धेरै रुपमा देखिँदै शाहरुख खान

एजेन्सी । शाहरुख खानको फिल्म ‘डंकी’ २१ डिसेम्बरमा रिलीज हुँदैछ । डंकीको पहिलो गीत रिलीज भइसकेको छ । ‘डंकी’ मा शाहरुख खानसँग तापसी पन्नु, विकी कौशल, विक्रम कोचर र बोमन ईरानी जस्ता अन्य कलाकार देखिँदैछन् ।

फिल्ममा कमेडी, रोमान्स, इमोशन्स र नाटक सबै छ । यो फिल्म डंकी फ्लाइटको बारेमा छ । कथा शाहरुखका ती चार जना साथीहरुको वरिपरि घुमेको छ जो लन्डन जान चाहन्छन् । फिल्ममा शाहरुखका कयौं रुप छन्, जो कथाले मागेअनुसार देखिनेछन् । खबरअनुसार यस फिल्ममा उनी जवानमा भन्दा धेरै रुपहरुमा देखिनेछन् । फिल्म जवानमा हरेक रुपमा शाहरुखलाई प्रसशंकले मन पराएका थिए ।

फिल्मको बारेमा बताउँदै अजय कुमारले शाहरुखले हरेक सीनका लागि एकदमै धेरै महेनत गरेको बताए । यहाँसम्म कि लाइटहरु परिवर्तन गर्ने क्रममा पनि शाहरुख आफ्नो चरित्रका बारेमा अभ्यास गरिरहन्थे ।

त्यस्तै राजकुमार हिरानीले पनि एक अन्तरवार्ताका क्रममा बताएका थिए, ‘शाहरुख हरेक दृश्यलाई फरक फरक तरिकाले फोनमा शुट गर्थे र उनलाई पठाउने गर्थे । यसले पनि थाहा हुन्छ उनी आफै पनि फिल्मप्रति कति मेहनत गरिरहेका छन् ।’

शाहरुखको डंकी लगातार तेस्रो ठूलो हिट फिल्म हुने आशा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved