टिकटक प्रतिबन्धविरुद्ध सरकारका नाममा सर्वोच्चको कारण देखाउ आदेश

मंसिर १९ गते पूर्णसुनुवाइ

टिकटक प्रतिबन्धविरुद्धको रिटमा मंसिर १९ गते पूर्ण सुनुवाइको लागि पेसी तोकिएको छ ।

नेपालभ्युज

टिकटक प्रतिबन्धविरुद्ध सरकारका नाममा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिटमा कारण देखाउ आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले मंसिर १५ भित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो ।

टिकटक प्रतिबन्धविरुद्धको रिटमा मंसिर १९ गते पूर्ण सुनुवाइको लागि पेसी तोकिएको छ ।

सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतमा टिकटक प्रतबन्धको उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै १३ रिट निवेदन दर्ता भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved