अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीलाई चन्द्र ढकालको यस्तो सुझाव

नेपालभ्युज

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीलाई चन्द्र ढकालको यस्तो सुझाव

काठमाडौं–अर्थतन्त्र चलायमान बनाउन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिएका छन् । सिंहदरबारमा मंगलबार भएको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा ढकालले सुझाव दिएका हुन् ।

उनले व्यवसायीहरुको कफिन्डेन्स बढाउन राज्यले पूँजी खर्च बढाएर, लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि बढाउन आवश्यक रहेको सुझाएका छन् । शान्ति, सुरक्षा, लगानी सुरक्षा, र लगानीकर्तालाई उत्प्रेरणा हुने वातावरण बनाउन जरुरी रहेको उनको भनाइ छ ।
‘अहिले विद्युत उत्पादन पर्याप्त रहेको छ । पर्याप्त रुपमा रहेको बिजुलीको खपत बढाउनु जरुरी छ,’ उनले भने ।

पर्यटन प्रवर्द्धनका कार्यक्रमबाट छोटो समयमा अधिकतम फाइदा लिन सकिने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved