अर्थतन्त्र चलायमान बनाउनेबारे सिंहदरबारमा छलफल

प्रधानमन्त्री भन्छन्- अर्थतन्त्र अझै दबाबमुक्त छैन

अर्थतन्त्रलाई चलायमान बनाउन सल्लाह, सुझावबाट समस्याको समाधान निकाल्न छलफलको आयोजना गरिएको हो ।

नेपालभ्युज

अर्थतन्त्र चलायमान बनाउनेबारे सिंहदरबारमा छलफल

काठमाडौं अर्थतन्त्र चलायमान बनाउनेबारे सिंहदरबारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग छलफल सुरु भएको हो ।

अर्थतन्त्रलाई चलायमान बनाउन सल्लाह, सुझावबाट समस्याको समाधान निकाल्न छलफलको आयोजना गरिएको हो ।

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गरेका छन् ।

सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रका कयौँ सूचकहरु सकारात्मक रहेपनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताए । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जा सम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भएपनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताए । उनले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved