धर्मसभा तत्कालका लागि स्थगित गर्न स्थानीय प्रशासनको अनुरोध

नेपालभ्युज

धर्मसभा तत्कालका लागि स्थगित गर्न स्थानीय प्रशासनको अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले मुस्लिम धर्मावलम्वीहरुले आयोजना गर्न लागेको धर्मसभा तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ ।

सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले खनार र दुहवीमा आयोजना गर्न लागिएको सो कार्यक्रम स्थगित गर्न आयोजकहरुलाई आग्रह गरेको हो ।

गृह मन्त्रालयको निर्देशन, आयोजक संस्थाहरुसँगको छलफल र जिल्लास्थिति सर्वदलीय बैठकको निर्णयअनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सो कार्यक्रम स्थगित गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिईन् । उनले आयोजक संस्थाहरुले मुलुकको कानुनको पालना गर्न पनि सो कार्यक्रम स्थगित गर्ने विश्वास व्यक्त गरिन् ।

सुनसरीको खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म दुई फरक समूहले छुट्टाछुट्टै मुस्लिम धर्म सभा इस्तिमा कार्यक्रम आयोजना गर्न लागेका थिए । जसलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै इजाजत दिन नसकिने जनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved