युक्रेनले ईयुमा ‘ड्राइ पोर्ट’ निर्माण गर्ने

नेपालभ्युज

युक्रेनले ईयुमा ‘ड्राइ पोर्ट’ निर्माण गर्ने

कीभ । युक्रेनले युरोपेली संघ (ईयु) मा अन्न निर्यात बढाउन पश्चिमी जाकारपट्टिया क्षेत्रमा “सुक्खा बन्दरगाह” निर्माण गर्ने भएको छ । होरोन्डा गाउँमा बनाइने मल्टिमोडल लजिस्टिक हब, होरोन्डा प्लेटफर्म, इटालियन लगानीकर्ताहरूले कार्यान्वयनमा ल्याउने छन् ।

जाकरपट्टिया क्षेत्रीय राज्य प्रशासनले फेसबुकमा विज्ञप्ति जारी गर्दै यस बारे जनाकारी गराएको हो । “सुक्खा बन्दरगाह” मा गोदामहरू, अन्न र सूर्यमुखी तेलका लागि कन्टेनरहरूका साथै युक्रेनी ब्रोड-गेज रेलवेबाट युरोपेली न्यारो-गेज रेलवे लाइनहरूमा सामानहरू पुन: लोड गर्ने पूर्वाधार लगायतका संरचनाहरू निर्माण गरिनेछन् ।

ब्ल्याक सी अनाज सम्झौता निस्प्रभावी भएपछि कीभले वैकल्पिक मार्गहरू मार्फत आफ्नो देशमा उत्पादित अन्न र अन्य सामानहरूको निर्यात बढाउन विभिन्न प्रयास गरिरहेको छ।

युक्रेनले जुन ३० मा समाप्त भएको सन् २०२२-२०२३ मार्केटिङ वर्षमा करिब ५८ मिलियन टन अन्न र तैलीय पदार्थ निर्यात गरेको युक्रेनी ग्रेन एसोसिएसनले जनाएको छ।सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved