रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

नेपालभ्युज

रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

काठमाडौं । दाङबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदहमा दुर्घटना भएको छ । भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो ।

बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved