बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड (तस्वीरहरु)

बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड (तस्वीरहरु)

काठमाडौं । काठमाडौंको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुलेको हो ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा,दर्शन गरी टीका लगाउने गर्दछन् ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष यो मन्दिर बन्द गरिएको थियो ।

भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर आज दिनभर नै खुला हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved