भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा मजदुर फसे

नेपालभ्युज

भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा मजदुर फसे

एजेन्सी । भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लामा निर्माणाधीन सडकको सुरुङ भत्किएपछि फसेका मजदुरको उद्धारमा ढिलाइ भएको छ ।

आइतबर सुरुङभित्र फसेका ४० जना जीवित मजदुरलाई बाहिर निकाल्न एक सयभन्दा धेरै उद्धारकर्मीले मङ्गलवार पनि बिहानैदेखि काम गरिरहेका छन् । तर, सकिएको छैन ।

उनीहरूलाई बाहिर निकाल्न अर्को सुरुङ निर्माणको काम भइरहेको सरकारी अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को सुरुङ बनाउनका लागि अहिले भग्नावशेष पन्छाउने काम भइरहेको छ ।

सुरुङमा फसेका मजदुरसँग सम्पर्क स्थापित गरेको र आवश्यक अक्सिजन तथा खानाको आपूर्ति सम्भव भएको उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved