भूकम्पको दुःखद घडीमा भाइटीका नलगाउने निर्णय गरेको छु : जनार्दन शर्मा

नेपालभ्युज

भूकम्पको दुःखद घडीमा भाइटीका नलगाउने निर्णय गरेको छु : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा गएको भूकम्पको दु:खद घडीमा यसपालिको भाइटीका नलगाउने निर्णय गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भुकम्पका कारण भएको जनधनको क्षतिको दुःखद परिस्थितिका कारण यस्तो निर्णय लिएको  जानकारी गराएका हुन् ।

‘मिति २०८०/०७/१७ गतेको विनाशकारी भुकम्प बाट मुत्यु हुने, घाइते हुने र सम्पत्ति क्षति भै पर्न गएको यस दुःखको घडीमा यस पटकको भाइटीका नलगाउने निर्णय गरेको छु’, शर्माले फेसबुकमा लेखेका छन् ।

सो भूकम्पमा परी १५३ जनाको मृत्यु हुनुका साथै करिब ३५० जना घाइते भएका थिए भने  सयौं घरमा क्षति पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved