व्यक्तिगत स्वतन्त्रता कुण्ठित गरी टिकटक बन्द गर्ने निर्णय खेदजनक : शेखर कोइराला

नेपालभ्युज

व्यक्तिगत स्वतन्त्रता कुण्ठित गरी टिकटक बन्द गर्ने निर्णय खेदजनक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिकटक बन्द गर्ने सरकारको निर्णयको खेदजनक भएको बताएका  छन् । उनले सोमबार सामाजिक संजालमा एक ट्विट सन्देशमार्फत तत्काल निर्णय फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह समेत गरेका छन् ।

 

“व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ । यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु,” कोइरालाले ट्विट सन्देशमा भनेका छन् ।

सरकारले आजै टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगे सरकारको चौतर्फी विरोध भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved