कुकुर तिहार विशेष

पूजासँगै कला प्रदर्शनमा उत्रिएका कुकुर (तस्वीरहरू)

कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको कुकुर विभागले पनि कुकुरको विशेष पूजाअर्चना गरेको छ । र कुकुरका केही रोचक कला कौशल पनि प्रस्तुत गरिएको छ ।

पूजासँगै कला प्रदर्शनमा उत्रिएका कुकुर (तस्वीरहरू)

काठमाडौं । आज तिहारअन्तरर्गत कुकुर तिहार । घरघरमा कुकुरलाई पूजा गरी मीठा–मीठा खानेकुरा दिएर कुकुर तिहार मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहारको बेग्लै र विशेष धार्मिक तथा साँस्कृतिक महत्व छ ।

कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ ।

भैरवको बाहनको रूपमा मानिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको कुकुर विभागले पनि कुकुरको विशेष पूजाअर्चना गरेको छ । र कुकुरका केही रोचक कला कौशल पनि प्रस्तुत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved