भरुवा बन्दुकले ज्यान मारेको अभियोगमा एक जना पक्राउ

नेपालभ्युज

भरुवा बन्दुकले ज्यान मारेको अभियोगमा एक जना पक्राउ
सांकेतिक तस्वीर।

काठमाडौं । दाङमा भरुवा बन्दुकले ज्यान मारेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ बरलाबोट टोल बस्ने ५५ वर्षीया शेर बहादुर केसी रहेका छन् ।

अस्ति बिहीबार दिउँसो दाङको जनसेवा सामुदायिक वनमा मालुकाको पात टिप्न गएको बेला केसीले भरुवा बन्दुकले हानेर २८ वर्षीय जुगरू चौधरीको हत्या गरेका थिए ।
चौधरीको शव वनमा फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा केसीले भरुवा बन्दुकले गोली हानी चौधरीको हत्या गरी फरार रहेको खुलेपछि प्रहरीले केसीको खोजतलास गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved