घरमा सरसफाई गर्दा ध्यान दिनु पर्ने कुरा, नत्र परिनेछ बिरामी

नेपालभ्युज

घरमा सरसफाई गर्दा ध्यान दिनु पर्ने कुरा, नत्र परिनेछ बिरामी

एजेन्सी । चाडपर्वसँगै घरको सरसफाई गर्ने काम पनि शुरु हुन्छ । घरको भित्री रुपमा सरसफाई चाडपर्वमा सबैले गर्ने कार्य हो । तर सरसफाई गर्ने क्रममा गर्ने केही गल्तीहरुले तपाईंलाई बिरामी बनाउन सक्छ । यस्तो केही कुराहरुमा ध्यान दिए बिरामी हुनबाट जोगिन सकिन्छ ।

सरसफाई गर्ने क्रममा आफ्नो अनुहारमा मास्क वा कपडाले ढाक्नुहोस् । यसो नगर्दा धुलो माटो तपाईंको नाक तथा मुखमा छिर्नेछ जसले गर्दा स्वाससँग जोडिएका समस्या वा रुघाखोकी लाग्ने सम्भावना हुन्छ ।

सफाई गर्दा सधैं सफा कपडाको नै प्रयोग गर्नुपर्दछ । प्राय मानिसहरु घरको सरसफाईमा फोहोर वा पहिला नै प्रयोग गरेको कपडाको प्रयोग गर्छन् । तर यसरी गरिएको सरसफाईले किटाणुहरु मर्दैनन् तथा घर पनि सफा हुँदैन ।

घरको सरसफाई गर्ने क्रममा बाथरुम तथा ट्वाइलेटको पनि सरसफाई अवश्य गर्नुहोस् । पानी तथा ओस हुने ठाउँमा किटाणुहरु छिटो आउने भएकाले यस्तो ठाउँ विशेषगरी सरसफाई राख्नु पर्दछ ।

प्राय मानिस घरमा झाडु कुचो गरेपछि घरलाई भ्याकुम वा पोछा लगाउने गर्दैनन् । यसरी घरका कुना कुनाको फोहोर निकाल्दा भुईं पूर्ण रुपमा फोहोर भएको हुन्छ त्यसैले भ्याकुम वा पोछा लगाउने गर्नु पर्दछ । जसले गर्दा पूर्ण रुपमा फोहोर घरबाट फालिनेछ ।

सरसफाई गर्ने समयमा धेरै धुलो माटो कोठाभरी हुने गर्छ । यस्तोमा घरका ढोका तथा झ्यालहरु खोलेर राख्नुहोस् । जसले गर्दा धुलो कोठाभरी नै रहँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved