महिला टी-२० क्रिकेट सिरिज : इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

नेपालभ्युज

महिला टी-२० क्रिकेट सिरिज : इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं। अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट सिरिजमा सहभागी हुने नेपाली महिला टोलीको घोषणा गरिएको छ।

हङकङमा हुने सिरिजका लागि बिहीबार नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

यस्तै, विन्दु रावललाई उपकप्तान राखिएको छ। नवनियुक्त महिला कप्तान इन्दुको नेतृत्वमा टोलीले राम्रो प्रदर्शन गर्ने क्यानले जनाएको छ।

महिला टोलीको नियमित कप्तान रुबिना क्षेत्री तथा उपकप्तान विन्दु रावल भने केवल सदस्यको रुपमा रहेका छन्।सोनी पाख्रिन, सोमु विष्ट र कन्चन श्रेष्ठ भने राष्ट्रिय टोलीका नयाँ खेलाडी हुन्।

टी–२० सिरिजमा नेपाल, जापान, तान्जानिया र जापान रहेका छन्। नेपालले पहिलो खेलमा तान्जानियसँग कात्तिक २९ गते प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा कात्तिक ३० गते हङकङसँग खेल्नेछ। मंसिर १ गते जापानसँग खेल्नेछ। खेलको फाइनल मंसिर ३ गते हुनेछ।

नेपाली टोलीः

इन्दु बर्मा कप्तान, विन्दु रावल उपकप्तान, सीता राना मगर, अश्मिना कर्मचार्य, काजल श्रेष्ठ, कन्चन श्रेष्ठ, सोमु विष्ट, पुजा महत्तो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का, सोनी पाख्रिन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved