ह्विलचेयरमा मृत फेला परे नारायण राम

नेपालभ्युज

ह्विलचेयरमा मृत फेला परे नारायण राम

काठमाडौं । काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित सडक पेटीमा रहेको ह्विलचेयरमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । रौतहट चन्द्रपुर नगरपालिका–२ वेताउना घर भई हाल काठमाडौँ थापाथली बस्ने ३५ वर्षीय नारायण राम मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

बर्दिया, बाँसगढी नगरपालिका–२ रामनगर टोल बस्ने ४१ वर्षीय रामभागीरथ थारू सोही ठाउँस्थित खेतमा मङ्गलबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जङ्गली जनावरको लागि थापेको विद्युतीय धरापमा परी करेन्ट लागि मृत्यु भएको भन्ने बुझिएको प्रहरी समाचार बुलेटिनमा उल्लेख छ ।

प्रहरीले घटनाका विषयमा सोधपुछका लागि सोही ठाउँ बस्ने एक जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved