बुटवलमा मेयर र हाकिमको विवाद उत्कर्षमा, दुई महिना पनि टिक्न सकेनन् भुसाल

नेपालभ्युज

बुटवलमा मेयर र हाकिमको विवाद उत्कर्षमा, दुई महिना पनि टिक्न सकेनन् भुसाल

काठमाडौं । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ ।

मेयर पाण्डेयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका प्रमुख प्रशासकीय अधिकृत भुसाल कार्यपालिका बैठक नै छाडेर काठमाडौं आएका छन् । उनी अब बुटवल नफर्कने गरी काठमाडौं आएको बताइएको छ ।

भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए ।

उपमहानगरको कार्यपालिका वैठकको अघिल्लो दिन नै मेयरसँग विवाद भएर भुसाल काठमाडौं गएपछि कार्यपालिका बैठक प्रभावित भएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved