भारतीय थप राहत सामग्री नेपालगन्जमा

नेपालभ्युज

भारतीय थप राहत सामग्री नेपालगन्जमा

काठमाडौं। जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि भारत सरकारद्वारा प्रदान गरिएको राहत सामग्रीको दोस्रो खेप बोकेर सोमबार बेलुकी भारतीय वायुसेनाको विमान नेपालगन्ज पुगेको छ ।

सोमवार बेलुकी करिब ६ बजे भारतीय वायु सेनाको के सी ३८०७ विमान राहत सामग्री बोकेर नेपालगन्ज विमानस्थलमा अवतरण गरेको हो ।

यसअघि आइतबार अपराह्न पनि भारतीय वायुसेनाको विमानले राहत सामग्रीको पहिलो खेप नेपालगन्ज विमानस्थलमा झारेको थियो ।

भारत सरकारको सहयोगमा विमानमार्फत नेपालगन्ज विमानस्थलमा सोमवार पठाइएको सामग्रीलाई भारतीय राजदुतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तवले नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई संयुक्तरुपमा हस्तान्तरण गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved