प्रदेश प्रहरी ऐन कार्यान्वयनमा नआए सिंहदरबारमा अनशन बस्ने मधेस सरकारको चेतावनी

मधेस सरकारले प्रहरी तथा कर्मचारी समायोजनासम्बन्धी ऐन कार्यान्वयन गर्न संयीय सरकारलाई दबाब दिएको छ । मधेस सरकारले ऐन कार्यान्वयन नभए सिंहदरबारअघि अनसन बस्ने चेतावनीसमेत दिएको छ ।

नेपालभ्युज

प्रदेश प्रहरी ऐन कार्यान्वयनमा नआए सिंहदरबारमा अनशन बस्ने मधेस सरकारको चेतावनी

काठमाडौं । मधेस सरकारले प्रहरी तथा कर्मचारी समायोजनासम्बन्धी ऐन कार्यान्वयन गर्न संयीय सरकारलाई दबाब दिएको छ । मधेस सरकारले ऐन कार्यान्वयन नभए सिंहदरबारअघि अनसन बस्ने चेतावनीसमेत दिएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकबाट प्रहरी समायोजन, कर्मचारी समायोजन, गुठीको जग्गा व्यवस्थापन, वनसम्बन्धी मधेस सरकारको माग पूरा गराउन दबाब दिने निर्णय गरिएको मधेसका गृह तथा सञ्चारमन्त्री मोहम्मद समिमले जानकारी दिए ।

उनले मधेस सरकारले राख्दै आएका माग सम्बोधन नभए काठमाडौं आएर अनशन बस्ने चेतावनी दिएका हुन् ।

बैठकमा मधेस सरकारका मन्त्रीहरु तथा मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरुको सहभागिता रहेको थियो ।

संविधानमा प्रदेशको शान्ति सुरक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको हुने उल्लेख छ । तर संघीय सरकारले प्रहरी समायोजनको विषय टुंगो नलगाउँदा अहिलेसम्म प्रदेश प्रहरी गठन प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved