जाजरकोट भूकम्पः मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो

नेपालभ्युज

जाजरकोट भूकम्पः मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो

काठमाडौं । गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको जनाएको छ ।

मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका  बताए ।

प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् । भैँचालोमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन्भने एक सय १० जना उपचाररत छन् ।

नौ सय १० घर पूर्ण क्षति

यसैबीच, प्रहरी प्रधान कार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण र  दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved