मौसम : सामान्यतया मौसम सफा रहने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालभ्युज

मौसम : सामान्यतया मौसम सफा रहने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

अहिले मुलुकका पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

मुलुकका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved