पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

नेपालभ्युज

पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ ।

पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

भूकम्प प्रभावितको राहत तथा उद्धारमा राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्दै सक्रियरुपमा परिचालित हुन आह्वान गरेको छ ।

पार्टीले भूकम्प प्रभावित क्षेत्रमा कुनै किसिमको कमीकमजोरी नहुने गरी पीडितको उद्धार तथा घाइतेको उपचार र राहतका लागि तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई परिचालन गर्न सरकारसँग मागसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved