टी-२० विश्वकप छनोट 

ओमानसँगको खेलमा नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

नेपालभ्युज

ओमानसँगको खेलमा नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

काठमाडौं ।  नेपालले आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा ओमानसँगको खेलमा टस जितेको छ ।

घरेलु मैदान कीर्तिपुरको त्रिवि मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

ओमानले पहिला ब्याटिङ गर्नेछ । खेल ९ बजेदेखि शुरु हुनेछ ।

नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।

नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved